विद्यालयबाट सुरु गरियो ‘नो जंकफूड’ अभियान

news

-विवेक भण्डारी/ईमेज

नवलपुर । नवलपुरका केही विद्यालयले ‘नो जंकफूड’ अभियान सुरु गरेका छन् ।

बढ्दो जंकफूडको प्रयोगले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै विद्यालयहरुले विद्यार्थीलाई जंकफूड खान निषेध गरेका हुन् ।

त्यस्ता खानेकुराले पेट पनि नभरिने र स्वास्थ्यमा पनि असर गर्ने भएकाले यसको निषेध प्रभावकारी बनेको विद्यार्थीहरुकै प्रतिक्रिया छ ।

खाना र खाजामा ध्यान दिन भन्दै नवलपुरमा विद्यार्थीहरु नो जंङ फुड अभियान लिएर गाउँगाउँ जान थालेका छन् ।

बजारको रेडिमेट खानेकुरा भन्दा घरमै तयार पारिएको खानेकुरा स्वच्छ र पोषिलो हुने भएको भन्दै अभिभावकलाई घरमै खाजा बनाइदिन आग्रह गर्ने गरेका छन् ।

देवचुली नगरपालिकास्थित नेपाल माध्यमिक विद्यालयले विद्यार्थीले विद्यालयमा खाने खाजा घरमा कसरी तयार पार्ने सम्बन्धमा कार्यक्रम नै सञ्चालन गरेको छ । 

बजारका अधिकांश खानेकुरामा अखाध्य वस्तु मिसाएकाले घरमै उपलब्ध खाना प्रयोगमा प्रेरित गर्न बालबालिकाले खानाका परिकारको प्रदर्शनीसमेत गरेका थिए ।

कार्यक्रमले घरायसी खानेकुरामा प्रेरित गर्न महत्वपूर्ण ठूलो सहयोग गरेको सोही विद्यालयका प्रधानाध्यापक शिव प्रसाद देवकोटाको धारणा छ ।

प्रयोगात्मक रुपमा विद्यार्थीहरुले गरेको यो अभियानले स्वयमलाई परिवर्तन गराउन मद्दत गरेको छ ।

नेपाल नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सविना काफ्लले अभियान चलाएपछि धेरै विद्यार्थीमा परिवर्तन आएको बताइन् ।

त्यस्तै देवचुली नगरपालिकामै रहेको भीमसेन आर्दश माध्यमिक विद्यालयका विद्यार्थीले पनि यो अभियानलाई महत्व दिएका छन् ।

नाराका रुपमा मात्र सिमीत यस कार्यलाई व्यवहारमा नै उर्तानका लागि देवचुलीका बालवालिकाले अभियान नै चलाएका हुन् ।

देवचुली नगरपालिका शिक्षा शाखाका प्रम्ुख मोती रिजालले विद्यार्थीले चलाएको यस अभियानलाई देशव्यापी बनाउन सके अति उपयोगी र प्रभावकारी हुने धारणा राखे । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...