राजधानीको कमल पोखरीमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

news

काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिका–१ कमलपोखरी, ल्होत्से चोकस्थित नेपाल ईन्भेष्टमेण्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान एटिएम मेशिनमा रहेको रकम चोर्ने उद्देश्यले मेशिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने उदयपुर घर भएका १८ वर्षीय अशोक पुरी र बानेश्वर बस्ने काभ्रे घर भएका २२ वर्षीय सोनाम गुरुङ छन् ।

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । उक्त एटिएमको क्यास डिस्प्याच गर्ने भागमा क्षति भएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...