हावाहुरीको वितण्डाः घाइतेको उपचार अस्पतालको भुइँमै ! (फोटोफिचर)

news

काठमाडौं । असिनापानीसँगै आएको आँधीले बारा र पर्साका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याउँदा ठूलो संख्यामा मानवीय हताहती भएको हो ।

आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा ठूलो मानवीय क्षति भएको हो ।

झन्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घरहरु भत्किएका छन् । सयौं कच्ची घरका छानाहरु आँधीले उडाएको छ ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । त्यसैगरी भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा पनि ठूलो जनधनको क्षति पुगेको छ ।

घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि प्रहरी,सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएको थियो ।

घाइतेहरुको वारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरेका थिए ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...