कर्णाली प्रदेश : प्राङ्गारिक उत्पादनमा लगानी गर्न आग्रह

news

सुर्खेत, चैत २० । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैंकलाई कर्णालीको प्राङ्गारिक उत्पादनमा लगानी गर्न आग्रह गरेकी छन् ।

वीरेन्द्रनगरमा मन्त्रालयद्वारा आयोजित कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीसम्बन्धी अन्तरक्रियामा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको प्राङ्गारिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न आग्रह गरेकी हुन् ।

बैंकहरुले प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिकरुपमा कृषिमा काम गर्ने किसानलाई सहुलियतमा कर्जा दिनुपर्नेमा मन्त्री केसीले जोड दिइन् ।

ज्योति विकास बैंक सुर्खेतका प्रमुख गङ्गाराम चौलागाईंले वास्तविक किसानसँग पुग्नेगरी लगानी गर्न वित्तीय साक्षरताका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भनाइ राखे ।

कर्णालीका कृषकले सहजरुपमा राहत पाउन्, बैंकहरुद्वारा प्रवाह गरिने सेवामा सहजता होस् भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...