अटिजम के हो ? बालबालिकामा कस्तो असर पर्छ ?

news

प्रज्ञा तिमल्सिना र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, चैत २० । १२औं विश्व अटिजम जनचेतना दिवस अप्रिल महिनाभरि विभिन्न कार्यक्रम गरी विश्वभर मनाइन्छ ।

नेपालमा झन्डै तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ ।

यदि तपाइँको बच्चाको उमेरअनुसार व्यवहार, सन्चार र बोलीको विकास भइरहेको छैन भने ख्याल गर्नुहोस है ! तपाइँको बच्चालाई अटिजम पनि भएको हुन सक्छ ।

बच्चा गर्भमै रहेको समयमा ‘जिन’मा केही समस्या हुँदा बच्चालाई अटिजम हुने सम्भावना रहन्छ । यो समस्या एकदेखि डेढ वर्षको उमेरभित्रै थाहा पाउन सकिन्छ ।

अटिजमले बच्चाको शारीरिक वृद्धिमा खासै फरक नपारे पनि बच्चाको मानसिक विकासमा भने असर पुर्‍याउँछ ।

दोहोरो कुरा गर्न नसक्ने, उमेरअनुसार बोल्न, खेल्न नसक्नेजस्ता समस्या देखिने नेपाल अटिजम केयर सोसाइटीकी अध्यक्ष डा. सुनिता अमात्यले बताइन् ।

अटिजम कहिले निको भने हुँदैन । तर, अटिजम भएका बालबालिकाले राम्रो साथ–सहयोग पाए भने उनीहरुको व्यवहारमा परिवर्तन भने ल्याउन सकिन्छ ।

अटिजम केयर नेपालले विश्व अटिजम दिवसका अवसरमा वसन्तपुरमा गरेको कार्यक्रममा बालबालिकाले स्वागत मन्तव्यसमेत निकै राम्रोसँग दिएका थिए । उनीहरु र्‍याम्प शोमा हिँड्नुका साथै गीतसमेत गाएका थिए ।

व्यवहारको र खेलको माध्यमबाट बालबालिकाई धेरै कुरा सिकाउन सकिने डा. अमात्य बताउँछिन् ।

नेपालमा झन्डै तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ । अटिजम केयर सोसाइटीमामात्र महिनामा ८ देखि १० जना बालबालिका सम्र्पकमा आउने गरेका छन् ।

अटिजम भएका बालबालिकालाई छुटै साथ र सहयोगको आवश्यकता पर्छ र उनीहरुलाई शिक्षा–दीक्षा दिने तरिकासमेत पनि फरक हुन्छ । जसका लागि सरकारको ठूलो साथ र सहयोगको आवश्यकता पर्ने डा. अमात्यले बताइन् ।

अटिजम कुनै चिकित्सकीय रोग भने होइन । तर, के भएर यो समस्या देखिन्छ भन्ने यकिन कारण पनि पत्ता लाग्न नसकेको चिकित्सकहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...