विपद् व्यवस्थापन गर्न भरपूर प्रयास : मुख्यमन्त्री राउत

news

काठमाडौं, चैत २० । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा आइलागेको विपद् व्यवस्थापन गर्न प्रदेश सरकारले भरपूर प्रयास गरिरहेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले पीडितहरुको घर निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

राहत र उद्धारमा संघीय सरकारदेखि, विभिन्न संघ–संस्थाले खेलिरहेको भूमिकाको पनि उनले प्रशंसा गरे ।

विनाशकारी हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको भन्दै उनले पूर्ण विवरण आएपछि काम अघि बढाउने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...