भक्तपुरमा बर्डफ्लु, २९०० कुखुरा नस्ट

news

भक्तपुर, चैत २१ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, दधिकोट, तर्खगालस्थित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ ।

२८ हप्ता पुगेका कुखुरामा बर्डफ्लुको भाइरस भएको पत्ता लागेपछि दुई हजार ९८५ कुखुरा, १५० केजी दाना र अन्डा नस्ट गरिएको छ ।

वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा गएको टोलीले बर्डफ्लु भएको पुष्टि गरेपछि प्रभावित क्षेत्रका कुखुरा नस्ट गरिएको हो ।

बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको बताइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...