वडाध्यक्षको मृत्यु

news

महोत्तरी, चैत २१ । महोत्तरीको बलवा नगरपालिका–८ का वडाध्यक्षको बिहीबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताए ।

बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा गएका महतोले मध्याह्न १२ बजेसम्म ठिक भइ खाना खाएर एकछिन हिँड्डुलसमेत गरेका थिए ।

करिब आधा घन्टापछि वडाध्यक्ष महतोले आफूलाई सन्चो नभएको र अप्ठ्यारो भएको आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकैक्रममा मृत्यु भएको प्रमुख यादवले बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...