दक्षिण कोरियाको जंगलमा भीषण आगलागी, एकको मृत्यु, ११ जना घाइते

news

काठमाडौं । दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।

देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा जंगलमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा गरिएको हो ।

घटनास्थल केन्द्रीय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर टाढा रहेको छ ।

डढेलोका कारण एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन् ।

डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ । हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन् ।

प्रकोप लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए ।

उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई  भएको बताइएको छ ।

डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ ।

उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ ।(एजेन्सी) 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...