बूढानीलकण्ठमा निःशुल्क महिला स्वास्थ्य शिविर

news

काठमाडौं, चैत २३ । बूढानीलकण्ठ नगरपालिका र नारी चेतना समाज नेपालको आयोजनामा शनिबार काठमाडौंमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।

बूढानीलकण्ठमा सन्चालनमा भएको शिविरमा महिलाको पाठेघर, स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो । 

स्वास्थ्य शिविरमा नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर जावलाखेलका स्वास्थ्य विशेषज्ञबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।

त्यसैगरी, डा. दीपकसुन्दर श्रेष्ठले स्त्रीरोगको परीक्षण, बच्ने उपाय र देखिने समस्याकाबारेमा परामर्श दिएका थिए ।

निःशुल्क स्वास्थ्य शिविरमा करिब ३०० महिलाहरुको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको नारी चेतना समाजका अध्यक्ष पवित्रा घिमिरेले जानकारी दिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...