भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

news

उडिसा, चैत २३ । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसको नाम उल्लेख नगरी भने–‘कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन् । भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।’

कांग्रेसप्रति आक्रामकरुपमा प्रस्तुत् भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए ।

कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन बिताएको उनले स्मरण गरे ।

आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाइ छ । रासस/एएनआई

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...