‘११.७ प्रतिशतमा दम, २.९ प्रतिशतलाई मुटुरोग’

news

काठमाडौं, चैत २५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न विषयमा गरेको अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरिएको निष्कर्षमा नसर्ने रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले ११.७ प्रतिशतमा दम, ८.६ प्रतिशतलाई महुमेह, ६ प्रतिशतलाई दीर्घकालीन मधुमेह र २.९ प्रतिशतलाई मुटुरोगको समस्या रहेको देखाएको छ ।

यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनले १३ प्रतिशत वयस्क र ११.२ प्रतिशत किशोर–किशोरीमा मानसिक समस्या रहेको देखाएको छ ।

यसैगरी, जनसंख्यामा आधारित क्यान्सर रोगको तथ्यांकले सन् २०१८ मा काठमाडौंमामात्र ७०२ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागेको छ ।

यस्तै, तातो हावा (लु)का कारण ५० प्रतिशतको स्वास्थ्यमा असर परेको अध्ययनले देखाएको छ ।

परिपद्ले २०७४/०७५ मा विभिन्न शीर्षकमा १२ ओटा अनुसन्धान गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...