अर्थमन्त्रीद्वारा आंखाको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता

news

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सबै जनतामा स्वास्थ्यको पहुंच पुर्‍याउन स्वास्थ्यलाई ग्रामीणमुखी बनाउनु पर्ने बताएका छन् ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सकको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले दूर्गम क्षेत्रमा पनि स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक नीति बनाइसकेको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले आंखाको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीले आँखाको उपचारलाई थप आधुनिकीकरण गर्न आवश्यक रहेकोमा जोड दिए ।

वार्षिकोत्सकका अबसरमा अस्पतालले विपन्न्न समुदायका ४५ जना मोतियाविन्दुका विरामीलाई निःशुल्क शल्यक्रिया गरेको छ ।

कार्यक्रममा अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मानीत गरीएको थियो ।  

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...