राजस्थान रोयल्सलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्यो चेन्नई

news

जयपुर, चैत २९ । शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ ।

गएराति जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नईले छैटौं जित निकालेको हो । राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो ।

उसका लागि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए । राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रनको योगदान दिए ।

चेन्नईका रविन्द्र जडेजा, सार्दुल ठाकुर र दिपक चहरले समान २/२ विकेट लिए ।

जितसँगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको सातौं स्थानमा छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...