१४ बुँदे पोखरा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सम्पन्न

news

पोखरा, चैत २९ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

पोखरामा बिहीबारदेखि सुरु भएको कोषाध्यक्षहरुको भेला १४ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न केन्द्रीय कार्यसमितिलाई आग्रह गर्ने, भातृसंगठनको निर्वाचन समयमै गर्नुपर्ने तथा पार्टीका आर्थिक क्रियाकलाप पारदर्शी बनाउनुपर्नेलगायतका विषय समेटिएका छन् ।

दुई दिनसम्म चलेको सम्मेलनमा ७७ जिल्लाका कोषाध्यक्षहरुको सहभागिता रहेको कांग्रेस जिल्ला कोषाध्यक्ष राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...