मेवासँगै खरबुजा खेती, दोहोरो फाइदा

news

रविन भट्टराई

झापा, चैत ३० । गर्मी मौसममा अत्यन्तै उपयोगी मानिने खरबुुजाको खेतीका लागि धेरैजसो खोला नदीको बगरमा धाउने गर्छन् । तर झापा मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रतीले भने खेतमै मेवा रोपेकै ठाउँमा खरबुजाको उत्पादन सुरु गरेका छन् ।

खेतबारीमै खरबुजाका लागि अनुकूल अवस्था मिलाउन सकिने भएकाले उनले मेवासँगै खरबुजा रोपेका छन् । मेवालाई गर्ने स्याहारले खरबुजालाई पनि हुने र अर्ग्यानिक तरिकाले उत्पादन गर्ने उप्रेतीको भनाइ छ ।

उप्रेतीले खरबुजासँगै रोपेको मेवाले भने अहिले उत्पादन दिन सुरु गरेको छ । रोपेको केही महिनामै उत्पादन दिन सुरु हुने र सानो बोटमै उत्पादन मनग्गे हुने भएकाले आम्दानी लिन र काम गर्न पनि सहज हुने उनको भनाइ छ ।

एकपटक रोपेको मेवाले दुई वर्षसम्म फल दिने र मेवाको माग अत्याधिक रहेकाले व्यापारीहरु घरमै आएर खरिद गरी लैजाने गरेको उनी बताउँछन् । अहिले उप्रेतीले हरेक दुई दिनमा औसत अढाई क्विन्टल मेवा बिक्री गर्दै आएका छन् ।

विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका उनले १२ कठ्ठामा रेड लेडी र विनायक जातका १ हजार बोट मेवा लगाएका छन् । एक सिजनमा करिब  १० देखि १२ लाख रुपैयाँको आम्दानी हुनेमा उप्रेती ढुक्क छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...