कांग्रेसभित्र एकता नहुँदा सत्ता पक्षको ज्यादति : देउवा

news

कञ्चनपुर, वैशाख ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता हुन जरुरी रहेको बताएका छन् ।

कञ्चनपुर कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले पार्टी एकताको शुरुवात कार्यकर्ता तहमा कञ्चनपुरबाटै हुनुपर्नेमा जोड दिए ।

उनले पार्टीभित्र देखिएको मतभिन्नता समाधान गर्न सबै नेताहरु लाग्नु पर्ने भन्दै एक ढिक्का नभएकै कारण सत्ता पक्षले ज्यादती गरेको आरोप लगाए । पार्टी एक भएर गए कसैले पनि कमजोर बनाउन नसक्ने भन्दै उनले आगामी निर्वाचनमा कांग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने दाबीसमेत गरे ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...