वैदेशिक रोजगारीबाट फर्कनेहरुको सिप परिक्षण सुरु

news

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको सिप परिक्षण मंगलबारबाट सुरु भएको छ ।

स्देशमा नै रोजगारी सिर्जना गर्ने तथा उद्यमशिलताको विकास गर्ने उद्देश्यका साथ वैदेशिक रोजगार बोर्डले ७ वटै प्रदेशबाट यसका लागि आवेदन माग गरेको थियो ।

सो आवेदनको आधारमा मंगलबारबाट वैदेशिक रोजगारीबाट फर्केकाहरुको सिप परिक्षण गरि प्रमाणीकरणको काम थालिएको वैदेशिक रोजगार बोर्डका निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

स्वदेशमा नै उद्यमशिलताको विकास गरि सिप, पुँजी तथा प्रविधिको विकास गर्ने उद्देश्यले यसरी सिप परिक्षणको कार्य थालिएको श्रेष्ठले बताए ।

वैदेशिक रोजगार बोर्ड र राष्ट्रिय सिप विकास समितिले संयुक्त रुपमा वैदेशिक रोजगारीमा जानेहरुको व्यक्तिगत विवरण तथा सिपको संकलन कार्य गत माघबाट सुरु गरेको थियो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...