स्थानीय सरकारलाई थप बलियो बनाउछौं : मन्त्री विष्ट

news

गलकोट, वैशाख ४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताएका छन् ।

बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटी अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए ।

उनले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई स्थानीय सरकारबाटै कार्यान्वयनमा ल्याउने बताए ।

मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरण प्राप्त हुँदासाथ केन्द्रीय सरकारले राहत प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मन्त्री विष्टले एक पालिका र अर्को पालिकाबीच समन्वय गरेर ठूला योजनाको प्रास्तावना ल्याएमा आफूले सहयोग गर्ने भन्दै तत्काल गलकोटमा १५ शैय्याको अस्पताल बनाउनका लागि पहल गर्ने बताए । उनले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकामा अस्पताल, कार्यालयका लागि जग्गा प्राप्ति तथा लोकमार्गको मापदण्डका बारेमा मन्त्री विष्टलाई जानकारी गराएका थिए । उनले नगरपालिको विकास योजनाको प्रस्तावनापत्र मन्त्री विष्टलाई हस्तान्तरण गरे ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रसागर बुढालगायतको उपस्थिति थियो । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...