सीप परियोजना सुभारम्भ : ९० हजार नेपाली लाभान्वित हुने

news

काठमाडौं । यूकेएडले सीप नामक परियोजना सुभारम्भ गरेको छ ।

गुणस्तरिय सीप तालिम, रोजगारी र उत्पादकमुलक लगानीलाई केन्द्रित गरेर संचालन गरिएको सीप परियोजनाको बुधबार औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको हो । 

कार्यक्रमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले सुभारम्भ गरे ।

सीप परियोजनाले सार्वजनिक निजी साझेदारीमा रोजगारीमा जानेहरुका लागि सीपयुक्त तालिम, विप्रेषण बचत, लगानीका क्षेत्रमा काम गर्ने छ ।

सहयोग, बजार प्रबद्र्धन, समावेशी, सह–लगानी, नविनता सिद्धान्तमा आधारित रहेर यो परियोजना अगाडि बढाइने डिफिड नेपाल कार्यालयका प्रमुख डा. रुरिक मार्सडेनले बताए ।

चार वर्षे अवधिको यो परियोजनाले ९० हजार नेपाली लाभान्वित हुने अपेक्षा गरिएको टिम लिडर बलजीत बोहराले बताए ।

यो कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको समन्वयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वयमा कार्यान्वयन हुने बताइएको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...