हेटौंडा उपमहानगरको वडा कार्यालय अगाडि प्रेसरकुकर बम !

news

हेटौंडा, वैशाख ५ । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ८ कार्यालय अगाडि ‘बम’ लेखेर राखिएको अवस्थामा प्रेसरकुकर फेला परेको छ ।

वडा कार्यालयको गेटमै प्रेसरकुकरमा ‘बम’ लेखेर प्रेसरकुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् ।

विप्लव नेतृत्वको समूहले बन्द आह्वान गरेका कारण उक्त बम सोही समूहले राखेको हुन सक्ने प्रहरीको आशंका छ ।

यस्तै हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केमा पनि शंकास्पद बस्तु फेला परेको जनाइएको छ । तारसहित प्रेसरकुकर फेला परेपछि सो क्षेत्रमा पनि सुरक्षाकर्मी पुगेर उक्त वस्तुको पहिचान तथा निस्क्रिय पार्ने प्रयास गरिरहेको जनाइएको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...