आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरु हुँदै

news

काठमाडौं । नेपाली खेलकुदको महाकुम्भ मानिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ ।

आवश्यक तयारी पूरा नभएको भन्दै पटकपटक प्रतियोगिताको मिति सारिंदै आएको थियो ।

प्रतियोगिताको बाँकेको नेपालगञ्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ ।

मुलुकका सात प्रदेश, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र तथा गैर आवासीय नेपालीहरुको एक टोली गरी कुल ११ टोलीका ५ हजार २ सय ११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ३ सय ७२ स्वर्ण पदक, त्यती नै संख्यामा रजत पदक तथा ५ सय ६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाउने छन् । खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा हुनेछ ।

नेपालगंज रंगशाला बाहेक अन्य भेन्युमा खेल्नुपर्ने विभिन्न खेल एक साता अघि नै थालिएको हो ।

स्क्वास, टेबल टेनिस, लनटेनिस, कुस्ती र हक्कीका खेलका प्रतियोगिताहरु उद्घाटन समारोह अघि नै सुरु भएका छन् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...