बम निस्क्रिय पार्नेक्रममा घाइते भएका सैनिकलाई काठमाडौं पठाइयो

news
तस्वीरः कृष्ण दवाडी/रासस ।

पोखरा, वैशाख ५ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहद्वारा पोखरामा राखिएको बमलाई निस्क्रिय पार्नेक्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सो बमबाट कालीभञ्ज्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रे हातको हत्केलामा चोट लागेको छ ।

उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बिहीबार पोखराको नदीपुरस्थित प्रदेशसभा भवननजिकको सडकको छेउमा सो बम राखेको थियो ।

यसैबीच, पोखराको चिप्लेढुंगास्थित ट्रेडमलनजिकै शंकास्पद वस्तु फेलापरेपछि नेपाली सेनाको बम निस्क्रिय टोली सो स्थलमा पुगेर निस्क्रिय गर्ने तयारीमा जुटेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...