बालाजुस्थित बाईसधारामा मेला, श्रद्धालुको भीड (फोटो)

news

काठमाडौं, वैशाख ६ । काठमाडौंको बालाजुस्थित बाईसधारामा आज मेला लागेको छ ।

चैत शुक्ल पूर्णिमाका अवसरमा बाइसधारामा लाग्ने मेलामा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बी जाने गर्दछन् ।

बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । यहाँ स्नान गरे चर्म रोग निको हुने विश्वास गरिन्छ ।

मल्लकालीन राजा जयप्रकाश मल्लले नेपाल सम्वत् ८७५ मा बालाजुमा २१ धारा निर्माण गरेका थिए । पछि १८५५ सालमा राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ पुर्‍याएका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...