करारमा कर्मचारी भर्ना गरेर भएपनि काम प्रभावित हुन दिँइदैन : मन्त्री पण्डित

news

नवलपुर, वैशाख ६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जुनसुकै अवस्थामा पनि कर्मचारी अभाव हुन नदिने दाबी गरेका छन् ।

शुक्रबार नवलपुरको देवचुलीमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले कर्मचारीको अभावमा स्थानीय जनप्रतिनिधिलाई काम गर्न असहज भएकाले करारमा कर्मचारी भर्ना गरेर भएपनि काम प्रभावित हुन नदिने दाबी गरे ।

कर्मचारीतन्त्रमा पनि संघीयता आएकाले कर्मचारीले खटाइएको ठाउँमा पुगेर जनतालाई सेवा दिनुपर्नेमा उनले जोड दिए ।

कर्मचारीलाई आवश्यक सेवा–सुविधामा कुनै कसर बाँकी नराख्ने तर जनतालाई सेवा दिने कुरामा कुनै सम्झौता नहुने मन्त्री पण्डितले स्पस्ट पारे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...