प्रमुख निर्वाचन आयुक्तमा थपलिया, सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

news

काठमाडौं, वैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को  सिफारिसमा दिनेशकुमार थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी, राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिसमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छन् ।

शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँचजनालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुंगाना, काठमाडौंका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौंका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...