‘स्वतन्त्र पत्रकारिताको अधिकारलाई हरण गर्न हुँदैन’

news

इलाम, वैशाख ७ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले स्वतन्त्र पत्रकारिताको अधिकारलाई हरण गर्न नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर–१ को साधारणसभालाई शनिबार इलाममा सम्बोधन गर्दै खनालले सन्चारजगतले वर्तमान उपलब्धि प्राप्तिका लागि खेलेको भूमिकाको सम्मान गर्न सरकारलाई आग्रह गरे ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले दुईतिहाइ बहुमतको सरकारले पत्रकारको अधिकार खोस्न कसरत गरिरहेको आरोप लगाए ।

आचार्यले विद्युतीय कारोबार ऐन २०६३ पत्रकारितामा लागू गर्न नहुने धारणा राखे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...