युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्यो

news

काठमाडौं । युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गएराति भएको खेलमा फियोरेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक उपाधि जितेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।

मिलेनकोभिकले खेलको छैटौं मिनेटमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा सान्ड्रोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । 

त्यसपछि खेलको ८३ औं मिनेटमा जर्मनले आत्मघाती गोल गर्दा युभेन्ट्सले २–१ को जित निकाल्यो ।

योसँगै युभेन्ट्सले लगातार आठ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ ।

लिगका केही खेल बाँकी रहँदै उपाधि जित्ने क्रममा युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको नेपोली २० अंकले अघि रहेको छ ।

समग्रमा युभेन्ट्सको यो ३५ औं लिग उपाधि हो । युभेन्ट्सको महिला टोलीले पनि शनिबार नै सिरी ‘ए’ को उपाधि जितेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...