ओभेर टेक गर्ने क्रममा बस दुर्घटना, एक जनाको मृत्यु

news

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा  बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा. ४ ख १४१५ नम्बरको बस ओभेर टेक गर्ने क्रममा सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा केही घाइते भएका छन् । उनीहरुको गजुरीमा उपचार भइरहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...