पञ्चधुरा माईस्थान मन्दिर क्षेत्रका बाँदरलाई खानाको अभाव

news

सिन्धुली । सिन्धुली र महोत्तरीको सिमाक्षेत्र पञ्चधुरा माईस्थान मन्दिर हातामा रहेका बाँदर संकटमा परेका छन् ।

खानेकुराको अभाव भएपछि बाँदरहरु संकटमा परेका हुन् ।

ऐतिहासिक पञ्चधुरा माईस्थान मन्दिरमा आश्रय लिएर बसेका दुई दर्जनभन्दा बढी राता बाँदरलाई अन्न र फलफूल जस्ता खानाको अभाव भएपछि दुब्लाउँदै गएका छन् ।

जंगलको बीचमा पञ्चधुरामाईको मन्दिर रहेका कारण सदियौंदेखि मन्दिरको आश्रयमा बसेका बाँदरहरु खान्की खोज्न अन्यत्र जाने स्थानसमेत नभएकाले समस्या परेको हो ।

मन्दिर व्यवस्थापन समिति र दाताहरुले खान्कीको व्यवस्था नगरेकाले बाँदरको विचल्ली भएको हो ।

विगतमा पञ्चधुरामार्ई मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीले फूलपाती र प्रसादसँगै बाँदरका लागि समेत खानेकुरा लिएर पुग्ने गर्दथे ।

तर पछिल्ला दिनमा दर्शनार्थीलेसमेत कुनै खानेकुरा नदिने गरेकाले बाँदरको जीवन नै संकटमा परेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...