एथ्लेटिक्सको चार सय मिटर रिलेमा एपीएफलाई स्वर्ण

news

दाङ, वैशाख ८ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष ४ गुणा ४ सय मिटर रिले दौडमा एपीएफ क्लबले स्वर्ण पदक जितेको छ ।

दाङको बेलझुन्डीमा आज भएको खेलमा आशिष चौधरी, सत्यबहादुर बुढा, शिवराज पार्की र निरप्रताप महतो रहेको एपीएफले निर्धारित दुरी ३ मिनेट २४.०९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेको हो ।

यो स्पर्धामा आर्मी क्लबले रजत पदक जित्दा प्रदेश नं ५ ले तेस्रो स्थान हात पा¥यो ।

महिलातर्फ आर्मीले स्वर्ण, एपीएफले रजत र प्रदेश ५ ले कास्य पदक जितेको छ । एथ्लेटिक्सकै पुरुष ४ सय मिटर दौडमा एपीएफ क्लबका निरप्रताप महतोले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी ४९.३५ सेकेण्डमा पुरा गरे ।

यो स्पर्धामा एपीएफका शिवराज पार्की दोस्रो हुँदा प्रदेश १ का प्रकाश सुनुवार तेस्रो भए । महिलातर्फ आर्मीकी तुलसा खत्रीले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५९.९१ सेकेण्डमा पुरा गरिन् । आर्मीकै संगीता मेचे दोस्रो हुँदा प्रदेश ५ की अरुण रिजाल तेस्रो भईन् ।

एथ्लेटिक्सको ५ हजार मिटर दौडमा पुरुषतर्फ एपीएफका गोपिचन्द्र पार्की र महिलातर्फ प्रदेश ३ की सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फको स्वर्ण जित्ने क्रममा गोपिचन्द्रले १४ मिनेट ४४.२३ सेकेन्डमा दुरी पुरा गरे ।

यसैगरी ५ हजार मिटर महिलातर्फ एपिएफकी सन्तोषी श्रेष्ठले निर्धारित दुरी १६ मिनेट ३८.५३ सेकेन्डमा पुरा गर्दै स्वर्ण चुमिन् । आर्मीकी विश्वरुपा बुढाले रजत पदक जित्दा एपीएफकी बिन्द्रा धन्के श्रेष्ठले कास्य पदक हात पारिन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...