विस्फोटको श्रृंखला नरोकिएपछि श्रीलंकामा कर्फ्यु, दिनभरमा ८ विस्फोट, १८५ जनाको मृत्यु

news

कोलम्बो, वैशाख ८ । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

विस्फोटमा १८५ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

समाचार एजेन्सीहरुका अनुसार तीन चर्च र तीनवटा पाँचतारे होटलमा विस्फोट भएको छ । नेशनल हस्पिटलमा ४६ जनाको शव राखिएको बताइएको छ ।

त्यस्तै नेगोम्बो हस्पिटलमा ७४, कटना चर्चमा ३१, रगमा हस्पिटलमा ७ र बट्टिकालोआमा २७ जनाको मृत्यु भएको बताइएको छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...