जिम्न्यास्टिकका खेलाडीको जीवन संघर्ष, दिनभर रिक्सा चलाएर आठौं राष्ट्रिय खेलकुदमा प्रतिश्पर्धा (भिडियो)

news

प्रदेश ५ का विभिन्न शहरहरुमा यतिवेला आठौं राष्ट्रिय खेलकुद चलिरहेको छ । देशभरका उत्कृष्ट प्रतिभाहरु यहाँ आ–आफ्नो सपना साकार पार्न संघर्ष गरिरहेका छन् ।

बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ बस्तीपुरमा जिम्न्यास्टिक खेलाडी इस्लाम अलि साईको बेग्लै कथा छ ।

पेसाले उनी अटो रिक्सा चालक, लगाव खेलकुदमा । नेपालगञ्जका इस्लाम अलि साई आठौं राष्ट्यि खेलकुदको जिम्न्यास्टिकमा प्रतिस्पर्धा गरिरहेका प्रदेश ५ का खेलाडी हुन् ।

उनले जिम्न्यास्टिक खेल्न थालेको १५ वर्ष भएछ । उनी दिनको १० घण्टा नेपालगञ्जका सडकमा अटो रिक्सा कुदाउँछन्, समय निकालेर एक डेढ घण्टा जिम्न्यास्टिकको प्रशिक्षण पनि गर्छन् ।

‘खेलेरै जीवन निर्वाह गर्न सम्भव भएन,’ उनले भने, ‘त्यसैले गुजाराका लागि दैनिक रिक्सा चलाउनु बाध्यता हो ।’

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...