शेयर बजारमा उच्च सुधार, कारोबार पनि अर्ब नाघ्यो

news

काठमाडौं, वैशाख ८ । साताको पहिलो दिन शेयर बजारमा उच्च सुधार आएको छ । आइतबार शेयर कारोबार पनि अर्ब नाघेको छ ।

बजार परिसूचक नेप्से ३१ अंकले उकालो लागेर १२६४ बिन्दुमा पुग्यो । उत्पादनमूलक र निर्जीवन बीमा समूह बाहेक अरु सबै समूहमा सुधार आएको हो । वाणिज्य बैंक समूहमा ४५ अंकको उच्च बृद्धि आएसँगै नेप्से पनि उल्लेख्य दरले बढेको हो ।

होटल समूहमा ३४ अंक अनि लघुवित्त समूहमा पनि २६ अंकको बृद्धि आयो । जीवन बीमा समूह २२ अंकले बढ्यो । विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिंदा जलविद्युत, अन्य र वित्त समूह सामान्य अंकले हरियो रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीको ३३ लाख ७५ हजार कित्ता शेयर १ अर्ब ४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...