हेटौंडामा पूर्वबजेट छलफल, केन्द्र नै धमिलो भएको मुख्यमन्त्री पौडेलको गुनासो

news

हेटौंडा, वैशाख ८ । संघीय संसद, प्रतिनिधिसभाको अर्थ समितिको आयोजनामा हेटौंडामा एक दिने पूर्व बजेट छलफल कार्यक्रम भएको छ ।

कार्यक्रममा प्रदेश सरकार, गाउँपालिकाका अध्यक्षहरु, प्रदेशसभा सदस्यहरू तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता थियो । सो अवसरमा अर्थ समितिका संयोजक तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसद जनताप्रति उत्तरदायी रहेको र जनताको आधारभुत आवश्यकता र अपेक्षा अनुसारको बजेट परिचालन भए नभएको बुझ्न लागिपरेको बताए ।

बजेट कार्यान्वयन ठिक ढंगले भएको छ/छैन, बजेट कार्यान्वयनमा कहाँ कहाँ कमी कमजोरी, समस्या छ भनेर स्थानीय तहमै आएर वास्तविकता बुझेर सल्लाह सुझाव लिएर सरकारलाई आवश्यक निर्देशन दिन यस्ता कार्यक्रम गरिएको उनले बताए ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भने संघीय सरकारले प्रदेश सरकारलाई काम गर्न स्वायत्तता र कानुन निर्माण गर्न सहयोग नगरेको गुनासो गरे । केन्द्र नै धमिलो भएको र जनताप्रति कम उत्तरदायी  भएको उनको आरोप छ ।

समितिका सदस्यहरुले प्राप्त सुझावहरुलाई मनन् गरि केन्द्रिय सरकारलाई आवश्यक निर्देशन दिइने जानकारी दिएका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...