शीर्ष स्थानको चेन्नईमाथि पुछारमा रहेको बैंगलोरको रोमाञ्चक जित

news

बैंगलोर, वैशाख ९ । भारतमा जारी आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गरेको छ । 

गएराति भएको रोमाञ्चक खेलमा अंक तालिकाको पुछारमा रहेको बैंगलोरले शीर्ष स्थानको चेन्नईलाई अन्तिम बलमा पराजित गरेको हो ।

बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रनमात्र बनाउन सक्यो । चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् ।

निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । चेन्नईलाई अन्तिम ओभरमा २६ रन आवश्यक रहेको बेला धोनीले उमेश यादवको पाँच बलमा ३  छक्का, एक चौका र २ रन जोड्दै टोलीलाई जित नजिक पु¥याएका थिए ।

चेन्नईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहे पनि शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित भयो ।

यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए  । बैंंलोरका डेल स्टेन र उमेश यादवले २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । बैंगलोरका लागि पार्थिव पटेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलीले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए । चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २÷२ विकेट लिए ।

यसअघि हिजै भएको पहिलो खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको छ । कोलकाताले दिएको १६० रनको लक्ष्य हैदरावादले मात्रै १५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...