युक्रेनको राष्ट्रपतिमा हांस्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी नजिक

news

काठमाडौं । युक्रेनमा भएको राष्ट्रपतिको निर्वाचनमा ४१ वर्षीय हांस्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी हुने सर्वेक्षणले देखाएको छ ।

निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणले हांस्य कलाकार भोलोदिमरले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने देखाएको हो ।

मत सर्वेक्षणले उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोले २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ ।

तीन हप्ताअघि भएको पहिलो चरणको मतदानमा पनि जेलेन्स्की सबैभन्दा अगाडि थिए ।  निर्वाचनमा ३९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

दोस्रो चरणमा जेलेन्स्की र वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोबीच प्रतिस्पर्धा भएको थियो । यसैबीच राष्ट्रपति पारोसेन्कोले निर्वाचनमा आफ्नो हार स्वीकार गरेका छन् । 

राजधानी किभमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले हार स्वीकार गरेका हुन् ।

निर्वाचनमा हार भए पनि जनताको भरोसा नछाड्ने र राजनीति पनि नछाड्ने उनले बताए । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...