फ्रेन्च लिग वानको उपाधि पीएसजीले जित्यो, एम्बाप्पेले गरे ह्याट्रिक

news

काठमाडौं । फ्रेन्च लिग वानको उपाधि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जितेको छ ।

गएराति भएको खेलमा मोनाकोलाई ३–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि निश्चित गरेको हो ।

दोस्रो स्थानको लिलीसमेत बराबरीमा रोकिएपछि पीएसजीको उपाधि निश्चित भएको हो ।

पीएसजीले पछिल्लो ७ सिजनमा छैटौं पटक लिग उपाधि उचालेको हो ।

लामो समय चोटले मैदान बाहिर रहेका नेयमार मैदान फर्किएको खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।

१५ औं मिनेटमा पहिलो गोल गरेका उनले ३८ औं मिनेटमा दोस्रो र ५५ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

एम्बाप्पे एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी भएका छन् ।

मोनाकोका गोलोभिनले ८० औं मिनेटमा एक गोल फर्काएका थिए । एम्बाप्पेको ह्याट्रिकले नेयमारको आगमन छायाँमा पर्‍यो ।

जनवरीमा चोटको शल्यक्रिया गरेका नेयमार पहिलो पटक मैदान उत्रिएका थिए ।

उनी सन् २०१७ मा २ सय २२ मिलियन युरोमा पीएसजीमा अनुबन्धन भएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...