असिनापानीले गहुँ लगायतका बालीमा क्षति

news

बैतडी, वैशाख ९ । बैतडीमा परेको असिनापानीले बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत जिल्लाका विभिन्न स्थानमा हिजो साँझ परेको परेको असिनापानीले गहुँ, तरकारी र फलफूलमा ठूलो क्षति पुर्‍याएको हो । लगातार डेढ घण्टासम्म परेको असिनाले पाक्नै लागेको गहुँबाली नष्ट गरेको किसानहरुले बताएका छन् ।

यसअघि पनि विभिन्न समयमा परेको असीनापानीले बैतडीको गहुँबालीमा क्षति पुर्‍याएको थियो । पाक्नै लागेको गहुँबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

असिनाले तरकारी र फलफूलमा पनि ठूलो क्षति पु¥याएको दशरथचन्द नगरपालिकाका किसान वीरबहादुर टेरले बताए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...