टर्कीका विपक्षी नेतामाथि कुटपिट

news

अंकारा, वैशाख ९ । टर्कीका विपक्षी दलका नेता कुटिएका छन् । टर्कीको अंकारामा आयोजना गरिएको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका रिपब्लिकन पिपुल्स पार्टीका नेता केमल क्लिकदारोग्लुमाथि कुटपिट भएको हो ।

उनलाई कार्यकर्ताले भीडमाझबाट सुरक्षित रुपमा एक घरमा लगेर केहीबेर राखेपछि मात्र बाहिर निकालिएको थियो । टर्कीका कुर्दिस विद्रोहीसँगको भिडन्तमा मारिएका एक सैनिकको श्रद्धाञ्जली समारोहमा सहभागी हुने क्रममा उनीमाथि आक्रमण भएको हो ।

उनले पार्टीले उनी सुरक्षित रहेको र कुनै ठूलो चोटपटक नलागेको जनाएको छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...