जिम्न्यास्टिकमा राजुले जिते ५ स्वर्ण

news

नेपालगन्ज, वैशाख ९ । नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् जिम्न्यास्टिकमा सशस्त्र प्रहरीको एपीएफ क्लबका राजु राईले पाँचओटा स्वर्णपदक जितेका छन् ।

सोमबार पुरुषतर्फ राजुले फ्लोर इभेन्ट्समा स्वर्ण जितेका हुन् ।

यस स्पर्धामा एपीएफकै दिनेश सुनुवारले रजत र प्रदेश नम्बर–३ का उज्ज्वल तिवारीले कास्यपदक जिते ।

पोमेल हर्समा राजुले स्वर्ण जित्दा एपीएफकै रिकेश तामाङले रजत र प्रदेश–३ का त्रिवेद गिरीले कास्यपदक जितेका छन् ।

राजुले पार्लर बारमा पनि स्वर्ण जिते । यस स्पर्धामा प्रदेश–३ का सत्यनारायण मानन्धरले रजत र सुदूरपश्चिम प्रदेशका जितेन्द्र चौधरीले कास्यपदक जितेका छन् ।

अलराउन्डरमा राजुले स्वर्ण जित्दा प्रदेश–३ का सत्यनारायण मानन्धरले रजत र एपीएफक विष्णु बाटाले कास्यपदक जिते ।

राजुले सातौं राष्ट्रिय खेलकुदमा ६ ओटा स्वर्णपदक जितेका थिए ।

भल्तिङको पुरुषमा प्रदेश–३ का उज्ज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश–३ का त्रिवेद गिरीले कास्यपदक जितेका छन् ।

महिलातर्फ

महिला फ्लोरमा एपीएफकी पिंकी झाङले स्वर्ण, प्रदेश–३ की तारा शिवाकोटीले रजत र त्रिभुवन आर्मी क्लबकी बिदिशा न्यौपानेले कास्यपदक जितिन् ।

भल्तिङको महिलामा पनि पिंकी झाङले स्वर्ण हात पारिन् । प्रदेश–३ की तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्यपदक जितिन् ।

महिला अलराउन्डरमा प्रदेश–३ की तारा शिवाकोटीले स्वर्ण, एपीएफकी लुमिला मानन्धरले रजत र प्रदेश–३ की प्रकृति थापामगरले कास्यपदक जितिन् ।

टिम स्पर्धा

टिम स्पर्धाको पुरुषमा एपीएफले स्वर्ण जित्दा, प्रदेश–३ ले रजत र सुदूरपश्चिम प्रदेशले कास्यपदक जित्यो ।

महिलातर्फ प्रदेश–३ ले स्वर्ण, एपीएफले रजत र प्रदेश नम्बर–५ ले कास्यपदक जित्यो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...