एथ्लेटिक्सतर्फ आर्मी टिम च्याम्पियन

news

नेपालगन्ज, वैशाख ९ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्सतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।

दांगको बेलझन्डीमा सोमबार सकिएको एथ्लेटिक्समा आर्मीले २१ स्वर्णपदक जित्न सफल भयो ।

अन्तिम दिनमात्रै आर्मीले ८ विधामा ६ ओटा स्वर्णपदक जितेको हो ।

अर्को विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबले पनि सोमबार १/१ ओटा स्वर्णपदकमा चित्त बुझाए ।

समग्रमा एथ्लेटिक्सतर्फ एपीएफले ८ स्वर्णसहित दोस्रो स्थान लियो भने ३ स्वर्णपदक जितेको पुलिस क्लब तेस्रो भयो ।

प्रदेश नम्बर–३ ले दुई तथा कर्णाली प्रदेश र प्रदेश नम्बर–५ ले १/१ ओटा स्वर्णपदक हात पारे ।

एथ्लेटिक्सको म्याराथनमा पुरुषतर्फ आर्मीका कृष्ण बस्नेतले स्वर्णपदक जिते । यो प्रतिस्पर्धामा कर्णालीका दुर्गा बुढाले रजत र एपीएफका खिमबहादुर खत्रीले कास्यपदक जिते ।

१४ खेलाडी सहभागी पुरुष म्याराथनमा ११ जनाले दूरी पार गरेका थिए ।

महिला म्याराथनतर्फ

महिला म्याराथनमा पुलिस क्लबकी राजपुरा पछाइँले पहिलो स्थान हात पारिन् । यो विधामा एपीएफकी पुष्पा भण्डारीले रजतपदक जित्दा सरिता बासीले कास्य हात पारिन् ।

जम्मा ६ जना खेलाडी सहभागी महिला म्याराथनमा सबैले दूरी पार गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...