ह्यान्डबलतर्फ उपाधि समीकरण पूरा

news

नेपालगन्ज, वैशाख ९ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ह्यान्डबलतर्फ उपाधि समीकरण पूरा भएको छ ।

बाँकेको नेपालगन्ज रंगशालामा जारी ह्यान्डबल प्रतियोगितामा पुरुषतर्फ गन्डकी प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा गन्डकी प्रदेशले प्रदेश नम्बर–३ लाई ४०–१८ को गोल अन्तरले पराजित गर्दैै फाइनलमा पुग्न सफल भयो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३२–२६ को गोल अन्तरले हरायो ।

ह्यान्डबलकै महिलातर्फ खेलमा भने त्रिभुवन आर्मी क्लब र एपीएफ उपाधिका लागि भिड्ने भएका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश नम्बर–१ लाई ३८–१७ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफले गन्डकी प्रदेशलाई २२–४ ले हरायो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...