फिलिपिन्समा भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

news

मनिला, वैशाख ९ । राजधानी मनिलामासमेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर गएको ५.७ म्याग्निच्यूडको भूकम्पका कारण दुई भवन भत्कँदा कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

‘भूकम्पपछि परिचालित सुरक्षाकर्मीको उद्धार टोलीले उत्तरी फिलिपिन्सको पोराक सहरमा भवनको भग्नावशेषमा फसेका तीन शवलाई निकालिसकिएको र लुबाओ सहरमा भवनको भग्नावशेषमा तीन मृत शरीर फसेका छन्’–एबीएस–सीबीएन टेलीभिजनले प्रान्तीय गभर्नर लिलिया पिनेडालाई उद्धृत गरी समाचार प्रसारण गरेको छ ।

सहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुनेक्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने गभर्नर पिनेडाले बताए ।

साँझको समयमा आएको भूकम्पका कारण सहरी क्षेत्रमा विद्युत् सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धारकार्यसमेत प्रभावित बनेको उनले बताए ।

अमेरिकी भूगर्भ सर्भेले फिलिपिन्समा ६.३ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ । रासस/सिन्ह्वा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...