चेल्सी र बर्नलेले बराबरी खेलेः चेल्सी अब शीर्ष चारमा अट्ला ?

news

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र बर्नलेले २/२ गोलको बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा बराबरी खेलेसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलको आठौं मिनेटमा हेन्ड्रिकको गोल मार्फत् बर्नलेले अग्रता लिएको थियो ।

तर, १२ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्‍याए । त्यसको दुई मिनेटपछि गोञ्जालो हिगुइनले चेल्सीलाई २–१ ले अग्रता दिलाए ।

खेलको २४ औं मिनेटमा बर्नलेका लागि बारनेसले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

यो बराबरीले चेल्सी हालका लागि लिगको चौथो स्थानमा उक्लिए पनि अब लिगमा तीन खेल खेल्न बाँकी हुँदा उसलाई शीर्ष चारमा अट्न आर्सनल, टोटह्याम र म्यानचेस्टर युनाईटेड दुई खेल हार्नुपर्ने हुन्छ ।

चेल्सीको ३५ खेलबाट ६७ अंक भएको छ भने उ भन्दा एक खेल कम खेलेको टोटनह्यामको समान ६७, आर्सनलको ६६ र म्यानचेस्टर युनाइटेडको ६४ अंक छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...