त्रिभुवन आर्मी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा

news

नेपालगञ्ज । स्थानीय टोली प्रदेश नं. ५ लाई टाईब्रकेरमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ फाइनलमा पुगेको छ । 

बाँकेको नेपालगन्ज रंगशालामा आज भएको सेमिफाइनलमा आर्मीले प्रदेश–५ लाई टाई ब्रेकरमा ३–१ ले हराएको हो ।

यसअघि निर्धारित समयको खेलमा २–२ गोलको बराबरी भएको थियो ।

आर्मीका लागि दिपकुमार लामाले एक गोल गर्दा प्रदेश ५ का दिपेन सिंह ठकुरीले एक आत्माघाती गोल गरेका थिए ।

प्रदेश ५ का लागि भने दुबै गोल बिनोद केसीले पेनाल्टी मार्फत गरेका थिए ।

पुरुष फुटबलतर्फको उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लब र एपीएफ टिमबीच आजै साँझ हुने दोस्रो सेमिफाइनलको विजेतासँग भोलि प्रतिस्पर्धा गर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...