‘अनुत्तीर्ण’ अस्थायी शिक्षकहरु आन्दोलित

news

काठमाडौं, वैशाख १० । अस्थायी शिक्षकहरुले आफूहरुका माग सम्बोधन गर्नेगरी संघीय शिक्षा ऐन बनाउन माग गरेका छन् ।

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ऐनमार्फत् फेरि आन्तरिक प्रतिस्पर्धा गराइ आफूहरुका माग सम्बोधन गर्नुपर्ने माग राखेका हुन् ।

सरकारले अस्थायी शिक्षकहरुका माग सम्बोधन गर्न चासो नदिएको र अवैज्ञानिक तरिकाले परीक्षा लिएर आफूहरुलाई हटाउन खोजेको उनीहरुको आरोप छ ।

सरकारले देशभरका २६ हजार अस्थायी शिक्षकहरुलाई स्थायी बनाउन गत असारमा परीक्षा लिएको थियो । जसमा १३ हजार शिक्षक अनुत्तीर्ण भएका थिए । अहिले तिनै शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...