पुरुष भलिबलको उपाधिका लागि आर्मी–पुलिस भिड्ने

news

नेपालगन्ज, वैशाख १० । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष भलिबलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

मंगलबार बाँकेको खजुरास्थित भलिबल कोर्टमा भएको सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ को कठिन सेटमा पराजित गर्‍यो ।

प्रतिस्पर्धात्मक खेलमा आर्मीले एपीएफलाई १८—२५, २५—२२, ३१—३३, २५—२१ र १५—११ को सेटमा हरायो ।

मंगलबारै भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले गन्डकी प्रदेशलाई ३—१ को सेटमा हरायो ।

गन्डकीविरुद्धको खेल आर्मीले २५—१५, २५—१५, २०—२५ र २५— २० को सेटमा जितेको हो ।

भलिबलको फाइनल खेल बुधबार बिहान हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...