पूर्वमन्त्री ताम्राकारको निधन

news

काठमाडौं, वैशाख १० । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको उपचारकाक्रममा निधन भएको छ ।

निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ वर्षीय नेता ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको कांग्रेसले जनाएको छ ।

पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११औं महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

भैरहवा, सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौंमा बस्दै आएका थिए ।

नेता ताम्राकारको निधनको खबरसँगै अहिले साँझ कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...