गौरिकाको कीर्तिमान

news

नेपालगन्ज, वैशाख १० । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि आफ्नो दबदबा बनाएकी छन् ।

गौरिकाले मंगलबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् ।

नेपालगन्जमा भएको पौडीको महिला १०० मिटर बटरफ्लाइमा गौरिकाले कीर्तिमानसहित स्वर्णपदक जितेकी हुन् ।

उनले निर्धारित् दूरी १ मिनेट ०७.९७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । उनले यसअघि आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेकी हुन् ।

पुरुष १०० मिटर बटरफ्लाईमा त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले १ मिनेट ०.६२ सेकेन्डको समयसहित स्वर्ण जिते ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा सशस्त्र प्रहरीको एपीएफ क्लबका सुभम श्रेष्ठले ३१.९० सेकेन्डको समयसहित स्वर्णपदक जिते ।

हिट चरणमा ३१.६० को समय निकालेका उनको यो राष्ट्रिय कीर्तिमान हो । उनले आफ्नै नामको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...